ब्रेकिङ न्युज

nepal vs japan featured image for news

काठमाण्डौ 

०६ असोज २०८१

नेपाली क्रीकेट टोलीले विश्वकप छनौट लिग २ क्रीकेट शृङ्खलामा आज क्यानडा सङ्ग खेल्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन । कुशल भुर्तेल टीममा नहुदा उनको स्थानमा अर्जुन साउद छन भने दिपेन्द्रको स्थानमा अनिल शाहलाई  फिनिसरको भुमिका दिइएको छ । दिपेन्द्रलाइ लगातार दोस्रो म्याचमा टीम बाहिर राखिएको छ ।

नेपाली क्रीकेटमा को हुन दिपेन्द्र ? 

नेपाली टीमलाइ यो स्थान सम्म पुर्‍याउन महत्त्वपूर्ण भुमिका खेलेका मध्येका एक अलराउण्डर हुन ,  दिपेन्द्र सिंह ऐरी ।  तर नेपालको क्रीकेट टीममा पछिल्लो दुई म्याचमा उनको स्थान शिर्ष ११ मा परेको छैन ।  उनी क्यानडा सङ्गको पहिलो खेलमा टीममा थिए नेपालले खेल गुमायो त्यसको कारण उनी एक्लै भने थिएनन टीमका अन्य खेलाडीहरुको समेत प्रदर्शन राम्रो नहुदा टीम हारेपनी टीम म्यानेजम्यान्टले उनलाई टीम बाहिर राख्नुको कारण भने सबै खेलप्रेमी नेपालीहरुको लागी बुझ्न नसकिने निर्णयको रुपमा रहेको छ ।   

दिपेन्द्रले उमेर समूह देखि नै टीमको लागी अलराउण्ड प्रदर्शन गर्दै आइरहेका भए तापनी बेला-बेलामा विभिन्न निहुँमा उनलाई खेलबाट टाढा गर्ने , विवादमा तान्ने काम भने उनका लागी नौलौ अनुभव पक्कै पनि होइन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: