ब्रेकिङ न्युज

nepal vs japan featured image for news

०९ जेठ २०८२

बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका–८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको आफन्त रमेश बोहराले बताएका छन । आज बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर उनको मृत्यु भएको आफन्त रमेश बोहराले जानकारी दिए । भीरबाट झन्डै १५० मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो । उनका एउटा ७ वर्षीय र अर्का ६ महिनाको छोरा छन् । उनी दुई वर्षअघि पनि भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । शुक्रबार भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: