ब्रेकिङ न्युज

nepal vs japan featured image for news

१९ जेठ २०८२

कञ्चनपुर

सार्वजनिक यातायात बचाउ संघर्ष समिति कञ्चनपुरको प्रेस विज्ञप्ति अनुसार भोलिबाट सार्वजनिक सेवाका सवारी साधनहरु पुर्ण रुपमा बन्द रहने छन ।  पछिल्लो समय सरकारसंग आफ्ना मागहरु पुरा गराउन आन्दोलनको सहारा लिनु एक परम्पराको रुपमा विकाश भएको अनुभव समेत जनता माझ गईरहेको समयमा फेरि अर्को एक आन्दोलन शुरु भएको छ ।

पछिल्ला विभिन्न आन्दोलनमा सरकारले आन्दोलन पश्चात आफ्ना मागहरु पुरा गर्ने देखिएपश्चात सरकारको कुनैपनि निर्णय आफु अनुकुल नभएमा आन्दोलनबाट आफु अनुकुलको नियम बनाउन  सरकारलाई दबाब दिने गरेको पाईन्छ ।

यातायात व्यवसायीहरुले सरकारसंग आफ्ना विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रम शुरु गरेका छन । देशभर रहेको आन्दोलन तथा विरोधका कार्यक्रम जेठ १३ गते देखि शुरु गरेका थिए ।

सार्वजनिक यातायात बचाउ संघर्ष समिति कञ्चनपुरले प्रेस विज्ञप्ति निकाल्दै आफ्ना आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो  । घोषणा गरिएका कार्यक्रम अनुसार भोली देखि सार्वजनिक सवारी साधनहरु आ आफ्नो घर तथा ग्यारेजमा थन्क्याएर राख्ने तथा आफ्ना मागहरु पुरा नभए सम्म आफुहरुको आन्दोलन जारी रहने बताईएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: