ब्रेकिङ न्युज

nepal vs japan featured image for news

२६ जेठ २०८२

कञ्चनपुर:

महाकाली नदिको तटबन्ध कमजोर रहेको तथा बर्षायाममा महाकाली नदिले कमजोर क्षेत्रलाई बगाई गाउँ बस्तीमा पानी पुग्न सक्ने त्रासमा भिमत्दत्त न पा ११,१२,१३ का  स्थानिय बासिन्दाहरु रहेको समयमा नेपाली सेनाको टोलीले महाकाली तटबन्ध निर्माणको काम संचालन गरेको देख्दा स्थानियबासीहरुमा केहि आशा पलाएको छ ।

स्थानियबासीका अनुसार, लगभग एक  हप्ताभन्दा बढि समय देखि नेपाली सेनाले बाध निर्माणको काम गरिरहेको देखिरहेका छौ आज सम्म नेपाली सेनाले गरेको कामको चर्चा सुन्दै आएको हुदा सेनाले गरिरहेको काम प्रति हामी विश्वत छौ , यस बर्षको बर्षायाममा घर खेत डुबानमा पर्ने छैनन ।

नेपाल भारत सिमामा रहेको महाकाली नदिले भिमदत्त नगरपालिका र दोधाराचादनी नगरपालिकाको केहि स्थानहरुमा बर्षायाममा ढुबानका साथै क्षति समेत गर्दै आएको छ  । भारतले नदिबाट आफ्नो तर्फ रहेको नदि किनार क्षेत्रमा बलियो तटबन्ध बनाएको समेत बर्षौ भइसकेको छ । नेपालमा बर्षातको समयमा प्रायजसो नदिले त्यस वरिपरिका गाउँ बस्तीहरुमा क्षति समेत गरिरहेको हुन्छ । अघिल्लो बर्षको बर्षायाम समेत महाकाली नदिको बहाव धेरै भएपश्चात महाकाली नदिमा मिसिने भुजेला खोला  नदिमा पुग्न नपाई गाउँतिर फर्किएपछि गाउँ वस्ती जलमग्न भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: